आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

प्रधानमन्त्री ओलीको सांसदलाई आग्रह : सामूहिक राजीनामा हानिकारक हो, यसमा सहभागी नहुनू

    प्रकाशित २०७८ बैशाख २६, आईतबार (२ साल अघि)


काठमाण्डौ- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू हानिकारक हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गर्दै प्रेस बक्तब्य जारी गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध जस्तै हुने भनेका छन् ।
के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गर्दै छलफलमा जुटिरहेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गरेका हुन् भन्ने आकलन गर्न सकिन्छ ।

प्रेस बिग्यप्तीमा पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका छन् ।  यो कुरामा  म सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन तथा संगै अगाडि बड्न म सबैलाई आग्रह गर्दछु उनले भनेका छन् ।

प्रेस बक्तब्य

Write your Comment