आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ५ मा निशुल्क अक्सिजन सहितको बिरामी बोक्ने गाडीको व्यवस्था

    प्रकाशित २०७८ बैशाख २६, आईतबार (३ साल अघि)


राजु चापागाई
देवचुली, नवलपुर । देवचुली नगरपालिका वडा न ५ मा अभियन्ताद्वारा कोभिड संक्रमित व्यक्तिका लागि निशुल्क रुपमा गाडीको व्यवस्था गरेको छन । अभियन्ता ठाकुर पोखरेल र पाठशाला मन्टेश्वरीका प्रिन्सिपल वेदराज सापकोटाद्वारा महामारी अवधिका लागि गाडी नगरपालिकालाई हस्तान्तरण गरेका छ्न । देवचुली नगरपालिका देवचुली वडा न १३ मा केही दिन अघि कोरोना संकमित एम्बुलेन्स नपाई ट्याक्टरमा दुम्कौली कोभिड अस्पताल लैजादा बिरामीको ज्यान गएको घटनापछि आफ्नो वडामा त्यस किसिमको घटना नदोहोरियोस भनी देवचुली नगरपालिकाको समन्वयमा देवचुली वडा न ३ र ५ मा नि:शुल्क अक्सिजनसहितको बिरामी बोक्ने गाडीको व्यवस्था गरेको अभियन्ता ठाकुर पोखरेलले बताए । पाठशाला मन्टेश्वरीले उपलब्ध गराएको स्कुल भ्यानलाई कोभिड संक्रमितलाई उपचारमा लैजानु परेमा वा ओसारपसार गर्नुपरेमा निशुल्क रुपमा उपलब्ध गराउने उनले बताए ।गाडीमा अक्सिजन तथा अन्य सुरक्षाका सामाग्रीहरुलाई लाग्ने खर्चको लागि समाजका विभिन्न व्यक्तिहरुबाट प्रतिबद्धता आएको छ साथै सो गाडी चालकको रुपमा देवचुली वडा न ५ का रामप्रसाद तिवारी र गोपाल तिवारीबाट निशुल्क सेवा गर्ने गरि प्रतिबद्धता आएको पोखरेलले बताए ।
विपदको बेलामा युवाहरूले केही गरौं भन्ने अभियानले देवचुली वडा न ५ का ठाकुर पोखरेलले संचालन गरेको अभियानका लागि आफ्नो मन्टेश्वरीको गाडी सहयोग गरिएको पाठशाला मन्टेश्वरीका प्रिन्सिपल  वेदराज सापकोटाले बताए ।

Write your Comment