आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

कावासोतीका विद्यालय तथा हाट बजार एक हप्तासम्म बन्द

    प्रकाशित २०७८ बैशाख १२, आईतबार (३ साल अघि)


ज्ञानु पंगेनी , कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरभित्रका विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आईतबार बसेको कावासोती नगरपालिकाको विपद व्यवस्थापन समितीको वैठकले एक हप्तासम्मका लागि नगरभित्रका सबै विद्यालय र हाट बजार बन्द गर्ने निर्णय गरेको विपद व्यवस्थापन समितीका संयोजक प्रेम शंकर मर्दनियाले जानकारी दिनुभयो । बैशाख १३ गतेदेखि १७ गतेसम्म बन्द गर्ने निर्णय भएको हो ।
कोभिड – १९ को जोखिमलाई मध्यनजर गर्दै तत्काल एक हप्ताका लागि नगरका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको मर्दनियाले बताउनुभयो । यस्तै भिडभाड हुने हाटबजार समेत बन्द गर्ने निर्णय गरिएको उहाँको भनाई छ । कावासोती नगरपालिका दुई स्थीत शिव नमुना माध्यामिक विद्यालयका एक जना विद्यार्थीमा कोभिड – १९ संक्रमण देखिएपछि यहाँका विद्यार्थी तथा अभिभावकहरु समेत त्रसित बनेका छन् । विद्यालयका एक जना विद्यार्थीमा गत विहीबार नै कोभिड – १९ संक्रमण पुष्टि भएको थियो । तर विद्यालय निरन्तर सञ्चालन भएपछि विद्यार्थीहरुले शिक्षा शाखामा ध्यानाकर्षण समेत गराएका थिए ।
विद्यालयले सञ्चालन गर्ने भनिएको परीक्षा विद्यालय सुचारु भएपछि सोहि कार्यतालिका अनुसार सञ्चालन गरिने कावासोती शिक्षा शाखाका श्रोत शिक्षक तिर्थ कंडेलले जानकारी दिनुभयो ।

Write your Comment