आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023 Search
FLASH NEWS

लुम्बिनी विकास बैंकको कावासोती शाखा कार्यालय उद्घाटन

    प्रकाशित २०७८ बैशाख ७, मंगलबार (२ साल अघि)

विश्वास लामिछाने ,नवलपुर, लुम्बिनी विकास बैंक लिमिटेडको नवलपुर जिल्लाको कावासोतीमा शाखा कार्यालय सोमबार उद्घाटन गरिएको छ । लुम्बिनी विकास बैंकको कावासोती शाखालगायत एकै साथ तीन वटा शाखा कार्यालयहरुको उद्घाटन गरिएको हो । बैंकले देशका विभिन्न ठाउँका ग्राहकलाई बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले सोमवार देखि थप तीन शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ खोलिएका शाखाहरुमा ७० औँ शाखाको रुपमा झापा जिल्ला दमक नगरपालिका वडा नं.०६ थाना रोडस्थित दमक शाखा, ७१ औँ शाखाको रुपमा बिर्तामोड नगरपालिका वडा नं. ०४ भद्रपुर रोडस्थित बिर्तामोड शाखा र ७२ औँ शाखाको रुपमा नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं. ०२ सभापती चोकस्थित कावासोती शाखा रहेका छन् ।
बैंकको कावासोती शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई तथा उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डा. सुरज पोखरेलबाट संयुक्त रुपमा, बिर्तामोड शाखाको उद्घाटन बैंकका सञ्चालक समितीका अध्यक्ष दशरथ रिसाल तथा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश सिवाकोटीबाट संयुक्त रुपमा र दमक शाखाको उद्घाटन बैंकका सञ्चालक केशब खतिवडा तथा दमक नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष टेक बहादुर थापाबाट संयुक्त रुपमा सम्पन्न भएको कावासोती शाखाका शाखा प्रमुख प्रकाश देवकोटाले जानकारी दिनुभयो ।
त्यस्तै बैंकको शाखा सञ्जाल देशका सातवटै प्रदेशका २९ जिल्लामा पुगिसकेको बैंकले जनाएको छ ।

Write your Comment