आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

शिसवार बाेटे माझी सामुदायिक हाेमस्टेकाे दाेस्राे साधारण सभा सम्पन्न

    प्रकाशित २०७७ चैत्र २८, शनिबार (३ साल अघि)


डि आर क्षेत्रि , देवचुली ।
देवचुली नगरपालिका वडा नं १ केउरानी स्थित शिसवार बाेटे माझी सामुदायिक हाेमस्टेकाे आज दाेस्राे साधारणसभा सम्पन्न भएको छ ।हाेमस्टे एसाेसियसन नेपाल ( हाेसान ) का केन्द्रीय महासचिव तथा कावासाेती नगरपालिकाका उप-प्रमुख प्रेम शंकर महत्ताेकाे प्रमुख आतिथ्यता रहेकाे साधारणसभामा देवचुलि नगरपालिका वडा नं १ का वडा अध्यक्ष लक्ष्मणराज भण्डारी ,हाेसान नवलपरासीका जिल्ला अध्यक्ष रिम वहादुर आले , शिसवार मध्यवर्ती उपभोक्ता समितिका सचिव मनहरि पाैडेल , दिव्यपुरी खानेपानीका अध्यक्ष तिलप्रसाद पाठक ,अग्रज व्यक्तित्व कृष्ण वहादुर के सि, देविलाल देवकाेटा, टाेल सुधार समितिका प्रमुख प्रतिनिधिहरुकाे उपस्थितिमा सम्पन्न भएको थियाे ।
प्रकृति र संस्कृतिकाे संगम स्थलकाे पर्यायवाची रहेकाे हाेमस्टेमा यहाँको कला , धर्म , संस्कृति , रहनसहन , भेषभुषा , खानपान पाहुनाकाे स्वागत सत्कार , बिदाई जस्ता कृयाकलापहरुमा विशेष ध्यान दिए मात्रै हाेमस्टे सफल हुनेमा प्रमुख अतिथि प्रेम शंकर मर्दनियाले जाेड दिनुभएको थियाे ।शुभकामना मन्तव्यकै क्रममा दिव्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तिल प्रसाद पाठकले निर्माणाधीन रहेकाे सांसकृतिक भवनको स्टेज निर्माणमा लाग्ने सम्पुर्ण खर्च बेहाेर्ने र आवश्यक परे थप सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियाे ।
करिब ६५ घरधुरी रहेकाे बाेटे माझी समुदायलगायत अन्य विभिन्न जात जातिका मानिसहरु वसाेवास रहेकाे साे स्थानमा विगत २०७५ सालमा दस घरधुरी समेटी सुरुवात गरिएको साे हाेमस्टेले बिस्तारै फड्काे मार्ने प्रयासमा रहेकाे छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेस , देवचुली नगरपालिका ,शिसवार मध्यवर्ती उपभोक्ता समिति, वडा कार्यालय , कारितास नेपाल , दिव्य ज्याेति कृषि सहकारी लगायतकाे विभिन्न संघ संस्थाहरुकाे सहयाेग र सहकार्यमा सांस्कृतिक भवन समेत निर्माणाधिन अवस्थामा रहेकाे छ ।

Write your Comment