आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

कालीगण्डकी अस्पताल कावासोती र नारायणी सामुदायिक अस्पताल चितवन मर्ज हुने

    प्रकाशित २०७७ चैत्र २३, सोमबार (३ साल अघि)


प्रिय धन , चोरमारा
पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ मा रहेको कालिगण्डकी अस्पताल मर्ज हुने भएको छ । चितवनको भरतपुरमा रहेको NPI नारायणी सामुदायिक अस्पतालसंग मर्ज गरि थप सेवा सुविधा संचालन गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर छविलाल थापाले जानकारी दिनुभयो । विरामीको चापलाई मध्यनजर गर्दै तथा आपतकालीन अवस्थाका विरामीलाई पनि चाडै निको बनाउन सहयोग हुने भएकाले थप सुविधासहित मर्ज गर्न लागिएको डाक्टर थापाले बताउनुभयो । उहाँले भन्नुभयो यहाँबाट चितवन लैजान समय लाग्ने भएकाले मर्ज गरि त्यहाको सुविधा कावासोतीमै प्रदान गर्न सकेमा विरामीलाई खतराबाट बचाउन सकिन्छ । साथै कालीगण्डकी अस्पतालले यहि वैशाख १ गते देखि मर्ज सहित विषशेज्ञ सहितको समेत उपचार गर्ने थापाले बताउनुभयो । नवलपरासीमा धेरै दुर्घटना हुने र उपचारका लागि पनि जिल्ला बाहिर लैजानु पर्ने भएकाले अब त्यो समस्या पनि हट्ने विश्वास उहाले व्यक्त  गर्नुभयो ।
२०७३ सालदेखि सघन उपचार कक्ष आइ सी यु को सेवा सुरु गरेको अस्पतालमा अहिले ५१ बेड क्षमताबाट सेवा दिइरहेको छ । सरकारी अस्पताल बाहेकमा यस अस्पतालले पहिलो पटक सर्पदंशका विरामीको पनि उपचार सुरु गरेको थियो । गर्मीको समयमा हाल पनि दिनहुँ जसो सर्पदंशका विरामी आउने गरेको डाक्टर छबिलाल थापाले बताउनुभयो ।

Write your Comment