आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि पुरानो देवचुलीलाई

    प्रकाशित २०७७ चैत्र २१, शनिबार (२ साल अघि)

राजु चापागाई, देवचुली।
देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि पुरानो देवचुलीले जितेको छ । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा प्रगतिमन्दिर युवा क्लबका विरुद्ध पुरानो देवचुलीका बिच भएको फाईनल खेलमा पुरानो देवचुली २-१ गोल अन्तरले विजयी भएको हो । फाईनल खेलमा प्रगतिकला मन्दिर युवा क्लबको तर्फबाट जग्गु क्षेत्रीले गोल गरेका थिए भने पुरानो देवचुलीका तर्फबाट दिपिन रानाले २ गोल गरेका थिए । आज भएको फाईनल खेलमा पुरानो देवचुलीका दिपिन राना म्यान अफ दि म्याच भएका थिए ।
प्रतियोगिताको बिजेता पुरानो देवचुलीले नगद रु २५ हजार , मेडल र ट्रफी प्राप्त गरेको छ भने उप बिजेता प्रगतिकला मन्दिर युवा क्लबले नगद रु १५ हजार , मेडल र ट्रफीमा प्राप्त गरेको छ । त्यस्तै प्रगतिकला मन्दिरका टिकाबहादुर चितौरे सर्वाधिक गोलकर्ता र पुरानो देवचुलीका दिपिन राना सर्वोकृष्ट खेलाडी भएका थिए । फागुन २९ गतेबाट संचालित प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बिजेता , उप बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले नगदसहित पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिता समापन कार्यक्रममा पृथ्वी समाज सेवा क्लबको अध्यक्ष रेमु ठाडाको अध्यक्षता ,देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता , देवचुली नगरपालिका वडा न ११ का अध्यक्ष रमेश ठाडा लगायत जनप्रतिनिधिहरु , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Write your Comment