आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगितामा युनाईटेड युवा क्लब विजयी

    प्रकाशित २०७७ चैत्र २१, शनिबार (३ साल अघि)


राजु चापागाई, नवलपुर । देवचुली नगरपालिकामा संचालित दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ मा गैंडाकोट फुटबल क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा आज युनाईटेड युवा क्लब गिरवारीका विरुद्ध शुभ प्रभात समाजबिच भएको निर्धारित समयको खेलमा १-१ को बराबरी गोल हुँदै ट्राईबेकरमा युनाईटेड युवा क्लब ४-२ गोल अन्तरले विजयी भएको हो । आज भएको निर्धारित समयको खेलमा युनाईटेड युवा क्लब गिरवारीका सर्विन मल्लले गोल गरेका थिए भने शुभ प्रभात समाजका मनबहादुर पाटा मगरले गोल गरेका थिए । आजको खेलमा युनाईटेड युवा क्लबका सुदीप कुमाल म्यान अफ दि म्याच भएका थिए।

नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । भोलीको खेल न्यु नारायणी युवा क्लब र बरटाडी युवा क्लबबिच हुने खेल संयोजक विष्णुकुमार वाग्लेले जानकारी दिनुभयो ।

Write your Comment