आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

हात्तीले आक्रमण गर्दा गैंडा गणनामा खटिएका ५ जना घाईते, हेलिकप्टरबाट उद्धार

    प्रकाशित २०७७ चैत्र २०, शुक्रबार (३ साल अघि)


ज्ञानु पंगेनी
कावासोती
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा जंगली ध्रुवे हात्तीले आक्रमण गर्दा शुक्रबार गणनामा खटिएका ५ जना घाईते भएका छन् ।
गैंडा गणनामा खटिएका कर्मचारी र माहुते गरि ५ जना घाईते भएको जनाईएको छ । गैंडा गणना गर्नेक्रममा मध्यविन्दु नगरपालिका २ नजिकैको चितवन राष्ट्रिय निकुञ्जमा जंगली धु्रवे हात्तीले लखेट्दा गणनामा खटिएको हात्ती डराएर भाग्नेक्रममा हात्तीमा सवार गणक र माहुते हात्तीबाट लडेर घाईते भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
घाईते हुनेमा राष्ट्रिय प्रकृती संरक्षण कोषका कर्मचारी काठमाण्डौं चन्द्रागिरी नगरपालिका ५ निवासी ३५ वर्षका विनोद श्रेष्ठ गम्भिर घाईते हुनुभएको छ । दुई जना माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका ७ का ४२ वर्षका दिपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ निवासी ५१ वर्षका प्रेमलाल कहार चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक विशाल तामाङ्गले जानकारी दिनुभयो । प्रमुख संरक्षण अधिकृत बरालका अनुसार भाग्नेक्रममा अन्य दुई जना सामान्य घाईते भएका हुन् ।
घाईते मध्ये श्रेष्ठको अवस्था गम्भिर रहेको छ । उहाँको जिल्ला अस्पताल मध्यविन्दुमा सामान्य उपचारपछि हेलिकोप्टरमा उद्धार गरेर काठमाण्डौं थप उपचारका लागि लगिएको छ । अन्य दुई जना घाईतेको मध्यविन्दु अस्पतालमा उपचार भईरहेको छ ।
निकुञ्जको पश्चिम सेक्टर अन्तरगत पूर्वी नवलपरासीमा गैंडा गणनाका लागि गणकको टोली अहिले कावासोतीको अमलटारीमा बसेर काममा खटिएका छन् ।

Write your Comment