आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

अन्तर आमा समुहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रगति आमा समुह रजहर प्रथम

    प्रकाशित २०७७ चैत्र १८, बुधबार (३ साल अघि)


नवलपुर,देवचुली नगरपालिका वडा नं. १६ रजहरमा आयोजित अन्तर आमा समुहस्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रगति आमा समुह रजहरले प्रथम स्थान हासिल गरेको छ । वडा नं. १६ को आ.व. ०७७।०७८ को वार्षिक कार्यक्रम अन्तर्गतको बजेटमा समता नेपालको आयोजनामा वडा नं. १६ मा रहेका आमा समुहहरुको क्षमता अभिबृद्धी र बौद्धीक प्रतिस्पर्धाको लागि सो कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष केशर बहादुर क्षेत्रीले बताउनुभयो । जनप्रतिनीधी भएर आएपछी सवै लक्षित वर्गको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र मानवको मानविय विकासको लागि समुदायमा रहेका बालबालिका, किशोरकिशोरी, महिला, अपाँग र जेष्ठ नागरिकको हक, हितको लागि सदैव लागीरहेको वडा अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

वडा भित्रका सर्वसाधारणहरु र बिशेषगरी महिलाहरुको क्षेत्रमा काम गर्नको लागि जनप्रतिनिधीहरु जिम्मेवार रहेको र यसको लागि हातेमालो गरेर अगाडी बढ्ने वडा सदस्य जानकी देवी लामिछानेले बताउनुभयो । कार्यक्रममा वडा नं. १६ का १२ आमा विभिन्न आमा समुहहरुको उपस्थिती रहेको थियो । सवै समुहमा ३ जना रहने गरी तयार गरिएको सो कार्यक्रममा सवै सहभागी समुहहरुलाई ११ ओटा प्रश्नहरु सोधिएको सहजकर्ता राजु चापागाईले बताउनुभयो ।

कार्यक्रममा प्रगति आमा समुह प्रथम, ज्योती आमा समुह द्धितीय, जनकल्याण आमा समुह तृतिय र जन जागृति आमा समुह स्वान्तना हुन सफल हुनुभएको थियो । प्रथम, द्धितिय, तृतिय र सान्तवना हुन सफल समुहलाई क्रमशः नगद रु ८०००, ६०००, ४००० र २००० वितरण गरिएको वडा अध्यक्ष केशर बहादुर बताउनुभयो ।

कार्यक्रमका सहभागी सुमित्रा घोरासैनीले सुरुमा गाह्रो लागेको भएता पनि समुहबाट नेतृत्व गरेर आएर प्रथम हुन सफल भएको र समाजमा भएका सामान्य देखी अन्य घटनाहरुको बारेमा चासो राखेर टिप्ने वा जानी राख्नको लागि अध्ययन गर्नुपर्ने थाहा भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी बाहेक अन्य ५० जना विभिन्न आमा समुहहरु, जनप्रतिनिधीहरु, युवाक्लव, बालक्लवका पदाधिकारीहरुको उपस्थिती रहेको र कार्यक्रम देवचुली १६ को वडाको सभाहलमा सञ्चालन गरिएको थियो ।

Write your Comment