आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

नेतृत्व विकासबाट नै महिलाहरुको सहभागिता र शसक्तिकरणमा टेवा पुग्दछ : देवचुलीका सरोकारवालाहरु

    प्रकाशित २०७७ चैत्र १८, बुधबार (३ साल अघि)


नवलपुर, महिलाहरुको अर्थपूर्ण सहभागिताको लागि सवैभन्दा पहिला उनीहरुको स्वयम नेतृत्व विकास गर्न आवश्यक रहेको देवचुलीका जनप्रतिनिधीहरुले बताएका छन् ।
देवचुली नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा देवचुली १६ र १७ मा आयोजित ४ दिने नेतृत्व तथा संस्थागत विकास तालिममा उपस्थित देवचुली नगरपालिका सामाजिक विकास समितिका संयोजक विष्णु प्रसाद आचार्यले बताउनुभएको हो ।
वर्तमान समयमा महिलाहरुको सहभागिता हरेक स्थानमा भएको भएता पनि मुख्य स्थानहरुमा र निर्णय तहमा पँहुचमा भने अझै पनि समस्या रहेकोले सो समस्याहरु समाधानको लागि यस्ता खालका कार्यक्रमहरुले सहयोग गर्ने आचार्यले बताउनुभयो । तालिमहरुले सकरात्मक सोच अभिबृद्धी गर्ने र त्यसको सही सदुपयोग आफु वसेको स्थानमा गर्न सकीने हो भने नेतृत्व त्यही स्थानबाट नै संभव भएको र यसको लागि जनप्रतिनिधीहरुले सहयोग गर्ने देवचुली १६ का वडा अध्यक्ष केशर बहादुर क्षेत्रीले बताउनुभयो ।


कार्यक्रम ४ दिनसम्म सञ्चालन हुने र तालिमका सहभागिहरुलाई नेतृत्व विकास, नेता र नेतृत्वको बारेमा जानकारी, महिला विकास कार्यक्रम, सहकारी प्रबद्र्धन तथा अभिबृद्धी, उद्घोषण, वैठक सञ्चालन प्रक्रिया र माईन्युट लेखनको बारेमा फरक फरक व्यक्तिहरुले सेसनहरु सञ्चालन गर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख बिमला लम्सालले बताउनुभयो ।
देवचुली नगरपालिकाका साविकका ४ गाविसहरुलाई नै कार्यक्षेत्र बनाई सामाजिक दुरी कायम गरी हालका सवै वडाहरुबाट समान सहभागिता हुने गरी कार्यक्रम सञ्चालन गरिने शाखाकी सिता काफ्लेले बताउनुभयो ।
कार्यक्रममा विभिन्न सहकारीहरु, आमा समुहहरु र अन्य गरेर ३० जना महिला अगुवाहरुको सहभागिता रहेको थियो । पहिलो दिनको तालिममा नेता र नेतृत्व तथा महिला शसक्तिकरणमा नेतृत्वको महत्वको बारेमा अधिकारकर्मी दिपक शर्माले सहजिकरण गर्नुभएको थियो ।

Write your Comment