आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगिता : पुरानो देवचुली फाईनलमा

    प्रकाशित २०७७ चैत्र १८, बुधबार (३ साल अघि)


राजु चापागाई, देवचुली । देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा मंगलबार पुरानो देवचुली विजयी हुँदै फाइनल प्रवेश गरेको छ । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा पृथ्वी समाज सेवा क्लबका विरुद्ध पुरानो देवचुलीबिच भएको खेलमा पुरानो देवचुली ३-० गोल अन्तरले विजयी भएको हो । पुरानो देवचुलीले आज हुने प्रगतिकला मन्दिर युवा क्लब र शुभ प्रभात समाजको बिजेतासंग शनिबार फाइनल खेल खेल्ने छ । मंगलबारको खेलमा पुरानो देवचुलीका दिपिन राना  म्यान अफ दि म्याच घोषित भएका छन ।

२१ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको आज दोस्रो सेमिफाइनल खेल प्रगतिकला मन्दिर युवा क्लब र शुभ प्रभात समाज बिच हुने खेल संयोजक समीर श्रेष्ठले बताए ।

Write your Comment