आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

    प्रकाशित २०७७ चैत्र १७, मंगलबार (२ साल अघि)

राजु चापागाई
नवलपुर । देवचुली नगरपालिकामा दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता २०७७ आजबाट सुरु हुँदैछ । देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा वि को खेलमैदान फारममा खेल संचालन हुनेछ । नवलपुर जिल्लाका १६ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा आज युनाईटेड रजहर फुटबल क्लब र नारायणी युवा क्लब बिच समुदघाटन खेल हुने भएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता समुदघाटन गर्नुहुने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।प्रतियोगिताको पहिलो चरणको खेल चैत्र १७ देखि २४ गतेसम्म , क्वाटर फाईनलको खेल चैत्र २५ देखि २८ गतेसम्म , सेमिफाइनलको खेल चैत्र २९ र ३० गते साथै फाईनल खेल बैशाख २ गते हुने खेल संयोजक विष्णु वाग्लेले जानकारी दिनुभयो ।


“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद ” भन्ने नारासहित देवचुली नगरपालिकाको खेलकुदको स्तर उन्नतिका लागि २०७५ सालदेखि देवचुली मेयर कप फुटबल प्रतियोगिता सुरु गरिएको र गत वर्ष कोरोनाको कारण प्रतियोगिता संचालन गर्न नसकिएकोले अहिले दोस्रो देवचुली मेयर कप फुटबल प्रतियोगिता संचालन गर्न लागिएको देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष भीमलाल तिवारीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु २० हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

Write your Comment