आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा शुभ प्रभात समाज विजयी

    प्रकाशित २०७७ चैत्र १३, शुक्रबार (३ साल अघि)


देवचुली, देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज शुभ प्रभात समाज विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा शुभ प्रभात समाजका विरुद्ध देवचुली भेट्रान्स बिच भएको खेलमा शुभ प्रभात समाज ३-० गोल अन्तरले विजयी भएको हो । आजको खेलमा शुभ प्रभात समाजका मन बहादुर पाटा मगर म्यान अफ दि म्याच घोषित भएका छन ।

२१ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको भोलीको खेल पुरानो देवचुली र केउरानी युवा क्लबबिच हुने खेल संयोजक समीर श्रेष्ठले बताए ।

Write your Comment