आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा फारम फुटबल क्लब विजयी

    प्रकाशित २०७७ चैत्र १३, शुक्रबार (३ साल अघि)


देवचुली, देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा बिहिबार फारम फुटबल क्लब भएको छ । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा फारम फुटबल क्लबका विरुद्ध अभिषेक चर्च रजहरबिच भएको खेलमा फारम फुटबल क्लब ३-० गोल अन्तरले विजयी भएको हो । बुधबारको खेलमा फारम फुटबल क्लबका अनसोन तामाङ म्यान अफ दि म्याच घोषित भएका छन ।

२१ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको शुक्रबारको खेल देवचुली भेट्रान्स र शुभ प्रभात समाजबिच हुने खेल संयोजक समीर श्रेष्ठले बताए ।

Write your Comment