आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा पृथ्वी समाज सेवा क्लब विजयी

    प्रकाशित २०७७ चैत्र ९, सोमबार (३ साल अघि)


देवचुली, देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज पृथ्वी समाज सेवा क्लब विजयी भएको छ । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा सागर युवा क्लबका विरुद्ध पृथ्वी समाज सेवा क्लबबिच भएको खेलमा पृथ्वी समाज सेवा क्लब ७-० गोल अन्तरले विजयी भएको हो । आजको खेलमा पृथ्वी समाज सेवा क्लबका तिलक पुलामी म्यान अफ दि म्याच घोषित भएका छन ।

२१ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको भोलीको खेल प्रगतीकला मन्दिर युवा क्लब र रजहर फुटबल क्लबबिच हुने खेल संयोजक समीर श्रेष्ठले बताए ।

Write your Comment