आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024 Search
FLASH NEWS

छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा प्रगतिकला मन्दिर र रजहर फुटबल क्लब विजयी

    प्रकाशित २०७७ चैत्र ६, शुक्रबार (३ साल अघि)


देवचुली, देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज प्रगतिकला मन्दिर युवा क्लब र रजहर फुटबल क्लब विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा प्रगतिकला मन्दिर युवा क्लबका विरुद्ध झाक्रे युवा क्लबबिच भएको पहिलो खेलमा प्रगतिकला मन्दिर युवा क्लब ३-१ गोल अन्तरले विजयी भएको हो । त्यस्तै रजहर फुटबल क्लबका विरुद्ध डि १३ दलदलेको बिच भएको दोस्रो खेलामा निर्धारित समयमा दुवै टिमको १-१ गोल हुँदै ट्राईबेकरमार्फत रजहर फुटबल क्लब ३-२ गोल अन्तरले विजयी भएको हो । आजको पहिलो खेलमा प्रगतिकला मन्दिर युवा क्लबका टिका चितौरे र दोस्रो खेलमा रजहर फुटबल क्लबका सुजन अधिकारी म्यान अफ दि म्याच घोषित भएका छ्न ।


२१ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको भोलीको पहिलो खेल शान्तिदिप युवा क्लब र केउरानी युवा क्लबबीच र दोस्रो खेल देवचुली भेट्रान्स र देवचुली बि बिच हुने खेल संयोजक समीर श्रेष्ठले बताए ।

Write your Comment