आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा सागर समाज युवा क्लब विजयी

    प्रकाशित २०७७ चैत्र ४, बुधबार (३ साल अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज सागर समाज क्लब विजयी हुँदै दोस्रो चरण प्रवेश गरेको छ । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा सागर समाज युवा क्लब रामबासका विरुद्ध लक्ष्मीपुर युवा क्लबबिच भएको खेलमा निर्धारित समयमा बराबरी हुँदै ट्राईबेकरमार्फत सागर समाज क्लब ६ – ५ गोल अन्तरले विजयी भएको हो । आजको खेलमा सागर समाज क्लबका मिलन राई म्यान अफ दि म्याच घोषित भएका छ्न ।

२१ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको भोलीको खेल फाराम फुटबल क्लब र गण्डकी युनाईटेड युवा क्लबबीच हुने खेल संयोजक समीर श्रेष्ठले बताए ।

Write your Comment