आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

समाजसेवी एवं नेपाली काँग्रेस देवचुली-९ का सभापति भुसाल स्वास्थ्य बीमामा आवद्ध

    प्रकाशित २०७७ चैत्र १, आईतबार (३ साल अघि)


देवचुली। नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डबाट संचालित स्वास्थ्य बीमा कार्यक्रमले नवलपरासी (वर्दघाट सुस्ता पुर्व) जिल्लामा तिव्रता पाएको छ। यसैबीच देवचुली नगरपालिका वडा नं. ९ का नेपाली काँग्रेसका सभापति एवं समाजसेवी विष्णु प्रसाद भुसाल पनि स्वास्थ्य बीमामा आवद्ध हुनुभएको छ। उहाँले सबै वडावासीलाई स्वास्थ्य बीमामा आवद्ध भइ यसबाट पाइने सेवासुविधा लिनका लागि समेत आग्रह गर्नुभयो। नवलपुर जिल्लामा स्वास्थ्य बीमा सुरु भएदेखि नै उहाँले वडावासीमाझ यसको प्रभावकारिताबारे जानकारी गराउन विशेष भुमिका निर्वाह गर्नुभएको देवचुली ९ का स्वास्थ्य बीमा दर्ता सहयोगी होमनाथ पौडेलले बताएका छन्।

स्वास्थ्य बीमा कार्यक्रम योगदानमा आधारित नाफानोक्सानमा केन्द्रित नरहेको एक सेवामुखी कार्यक्रम हो। स्वास्थ्य बीमामा आवद्ध भएपछि नागरिकले प्रति एकाइ (५जनाको) परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेपछि एक लाख रुपैयाँसम्मको औषधि उपचार तथा चेकजाँच नि:शुल्क पाउने साथै अति गरीब परिवार, ७० बर्ष माथिका जेष्ठ नागरिकहरु, विभिन्न रोग अन्तर्गत एच.आइ.भी. संक्रमित, एम.डि.आर. क्षयरोगी, कुष्ठरोगी, अति अशक्त अपाङ्गता व्यक्ती रहेको परिवारको स्वास्थ्य बीमा नि:शुल्क हुने र महिला स्वास्थ्य स्वयंसेवीकाको परिवारले योगदान रकमको ५० प्रतिशत मात्रै रकम तिरेर स्वास्थ्य बीमा गर्न सक्ने प्रावधान रहेको छ।

Write your Comment