आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

प्रथम घडियाल कप : केउरानी हरियो फाईनलमा

    प्रकाशित २०७७ फागुन २७, बिहिबार (३ साल अघि)


डि आर क्षेत्री ,देवचुली,देवचुलीमा संचालित प्रथम घडियाल कप फुटवल प्रतियोगितामा केउरानी हरियो विजयी हुँदै फाईनल प्रवेश गरेको छ । सिसवार मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा नारायणी नदी किनारमा रहेको दिव्य ज्योती खेल मैदानमा संचालित प्रतियोगितामा केउरानी हरियोकाविरुद्ध रजहरबिच बुधबार भएको खेलमा केउरानी हरियो ट्राईबेकरमा ४ -३ गोल अन्तरले विजयी भएको हो । निर्धारित समयमा दुवै टिमबाट गोल नभए पछि खेल ट्राईवेकरमा गएको थियो । जितसंगै उपाधिका लागि केउरानी हरियोले प्रगतिनगरसंग फाईनलमा प्रतिस्पर्धा गर्नेछ। प्रगतिनगरले केउरानी २ लाई सेमिफाइनलमा १-० गोल अन्तरले हराउँदै फाईनल प्रवेश गरेको थियो।

घडियाल गोहीको महत्त्व आम जनतामाझ बुझाउने,युवाहरुलाई खेलको माध्यमवाट संरक्षणमा लाग्न अभिप्रेरित गर्ने तथा कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसायलाई उजागर गर्नका लागि प्रतियोगिताले सहयोग गर्ने विस्वास लिईएको आयोजक संस्थाका अध्यक्ष नेत्रवहादुर पाण्डेले जानकारी दिनुभयो।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५ हजार , ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगिताको फाईनल खेल फाल्गुन २८ गते २ वजे केउरानी हरियोका विरुद्ध प्रगतिनगरबिच हुने आयोजकले जनाएको छ ।

Write your Comment