आज:  २०८० फागुन १५, मंगलबार | Tue, 27, Feb, 2024 Search
FLASH NEWS

नवलपुरको पार्टी कार्यालयमा राखियो नेकपा एमालेको बोर्ड

    प्रकाशित २०७७ फागुन २६, बुधबार (२ साल अघि)

ज्ञानु पंगेनी ,कावासोती । नेपाल कम्युनिस्ट   पार्टी ( नेकपा) विघटन भएर पूर्व एमाले र माओवादी केन्द्र पुन:स्थापन  भएसंगै नवलपुरको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । कावासोती नगरपालिका –८, फिल्महलचोकमा रहेको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखीएको हो ।

साविकको नेकपा एमालेको पार्टी कार्यालय रहेको स्थानमा नेकपा एमालेको बोर्ड राखिएको हो । नेकपा एमाले केन्द्रिय सदस्य ,पार्टी जिल्ला ईन्चार्ज एवं सांसद तिलक महत , पूर्व सभासद जिवन श्रेष्ठ र जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थितमा पार्टी कार्यालयमा नेकपा एमालेका बोर्ड राखिएको हो ।

नेकपा एमालेको बोर्ड राख्दै पार्टी केन्द्रिय सदस्य तिलक महतले अब पार्टीलाई थप व्यवस्थित बनाउदै लैजानुपर्ने बताउनुभयो । हिजो देखीएको मतभेदलाई भुलेर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनुपर्ने नेता महतले बताउनुभयो । पार्टी निर्माणमा बिभिन्न पक्षको भूमिका रहेको भन्दै एकतालाई सुदृढ बनाउदै जानुपर्ने समेत नेता महतले बताउनुभयो । सूर्य चुनाव चिन्हमुनी रहेर कम्युनिष्ट एकताको आन्दोलन समेत अगाडी बढ्ने उहाँले बताउनुभयो ।

राष्ट्रियता , विकास र संमृद्धीपक्षमा उभिएर अगाडी बढन सबैमा नेता महतले आग्रह गर्नुभयो । उहाँले हिजोका दिनमा भएका मतभेदलाई आत्मसमिक्षा गदै अब एक ढिक्का भएर पार्टीलाई सुदृढ गर्दै राष्ट्र विकास र समृद्ध नेपाल निर्माणमा जुट्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रम सम्पन्न भएपछि नेता कार्यकर्ता सबै मै पनि एमाले सैँ पनि एमाले भन्ने गितमा नाचगान गरेर खुसीयाली समेत मनाएका थिए ।

Write your Comment