आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

प्रथम वडाध्यक्ष कपको उपाधी प्रगतिकला मन्दिरलाई

    प्रकाशित २०७७ फागुन २२, शनिबार (३ साल अघि)


देवचुली,देवचुली नगरपालिकामा संचालित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि प्रगतिकला मन्दिर युवा क्लबले जितेको छ । समाज सुरक्षा क्लबको आयोजनामा कदमपुर खेलमैदानमा संचालित प्रतियोगितामा प्रगतिकला मन्दिर युवा क्लबविरुद्ध आयोजक समाज सुरक्षा क्लबबिच भएको फाईनल खेलमा प्रगतिकला मन्दिर युवा क्लब ट्राईबेकरमा ४ -१ गोल अन्तरले विजयी भएको हो । निर्धारित समयमा दुवै क्लबले १-१ गोल गरेका थिए। फाईनल खेलको निर्धारित समयमा प्रगतिकला मन्दिर युवा क्लबको तर्फबाट टिका चितौरेले गोल गरेका थिए भने समाज सुरक्षा क्लब तर्फबाट मानबहादुर पाटाले गोल गरेका थिए । प्रतियोगिताको बिजेता प्रगतिकला मन्दिर युवा क्लबले नगद रु २५,०००/- , मेडल र ट्रफी प्राप्त गरेको छ भने उप बिजेता समाज सुरक्षा क्लबले नगद रु १५,०००/- , मेडल र ट्रफीमा प्राप्त गरेको छ ।

प्रतियोगिताको प्रगतिकला मन्दिरका गोलरक्षक अनिल राना सर्वोकृष्ट गोलरक्षक, समाज सुरक्षाका मानबहादुर पाटा सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडी भएका थिए । । फागुन ७ गतेबाट संचालित प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

देवचुली नगरपालिका वडा न ५ को आर्थीक सहयोगमा संचालित प्रतियोगितामा बिजेता , उप बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले नगदसहित पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिता समापन कार्यक्रममा समाज सुरक्षा क्लबको अध्यक्ष नवलसिं ढेगाको अध्यक्षता ,देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता , देवचुली युवा तथा खेलकुद विकाश समितिका अध्यक्ष भीमलाल तिवारी , देवचुली नगरपालिका वडा न ५ का अध्यक्ष शिवलाल सापकोटा लगायत देवचुली नगरपालिकाका जनप्रतिनिधिहरु , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

Write your Comment