आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गैँडाको आक्रमणबाट मृत्यु

    प्रकाशित २०७७ फागुन २०, बिहिबार (३ साल अघि)


कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा गैँडाको आक्रमणमा परि आज एक जनाको मृत्यु भएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर –१२,मा गैँडाको आक्रमणमा परि ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताउनुभयो ।

बारीमा घाँस काट्न गएको समयमा गैँडाले आक्रमण गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । गैँडाको आक्रमणबाट विकको घटना स्थलमा नै मृत्यु भएको उहाँँले बताउनुभयो ।

Write your Comment