आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

सरकार र विप्लव समूहबीच औपचारिक वार्ता शुरु

    प्रकाशित २०७७ फागुन १९, बुधबार (३ साल अघि)


काठमाडौं,  सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार वार्ता सुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।

पक्षले मंगलबार आआफ्ना तर्फबाट दुई–दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो।

 

विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने रहेको वार्ता समिति गठन गरेको छ ।विप्लवको वार्ता टोलीका नेता सोमबार साँझै काठमाडौं भित्रिएका थिए ।

 

Write your Comment