आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

प्रथम वडा अध्यक्ष कप: प्रगतिकला मन्दिर युवा क्लब फाईनल प्रवेश

    प्रकाशित २०७७ फागुन १८, मंगलबार (३ साल अघि)


देवचुली, देवचुली नगरपालिकामा संचालित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा आज प्रगतिकला मन्दिर युवा क्लब कैलाशचोक विजयी हुँदै फाईनल प्रवेश गरेको छ । समाज सुरक्षा क्लबको आयोजनामा कदमपुर खेलमैदानमा संचालित प्रतियोगितामा पृथ्वी समाज सेवा क्लब पृथ्वीनगरका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लब कैलाशचोकबिच भएको खेलमा प्रगतिकला मन्दिर युवा क्लब २ -० अन्तरले विजयी भएको हो । जितसंगै उपाधिका लागि प्रगतिकला मन्दिर युवा क्लबले आयोजक समाज सुरक्षा क्लबसंग फाईनलमा प्रतिस्पर्धा गर्नेछ। आजको खेलमा प्रगतिकला मन्दिर युवा क्लबको तर्फबाट दुवै गोल सुमन आलेले गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २५००० ट्रफी , प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु १५००० प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको फाईनल खेल प्रगतिकला मन्दिर युवा क्लब र समाज सुरक्षा क्लब बीच शनिबार हुने खेल संयोजक विश्वास लामिछानेले बताए ।

Write your Comment