आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

दुम्कौलीमा दुर्घटना: दुई जनाको मृत्यु

    प्रकाशित २०७७ फागुन १८, मंगलबार (३ साल अघि)


देवचुली,नवलपुरको दुम्कौलीमा विपरित दिशाबाट आएका ट्रक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन ।

पुर्वबाट आएको ना ७ ख ७०२३ र पश्चिमबाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किएर दुवै ट्रकका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मकवानपुर घर भएका ३४ वर्षीय रामकुमार न्यौपाने र कास्की घर भएका ५१ वर्षीय खिम बहादुर बिक रहेका छन । दुर्घटनामा घाईते दुवै जनाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।

मृतकको शवलाई मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Write your Comment