आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

डल्फिन जाेगाउन सराेकारवालाविच अन्तरक्रिया

    प्रकाशित २०७७ फागुन १७, सोमबार (३ साल अघि)


डि आर क्षेत्रि , नारायणी नदीमा डल्फिन संरक्षण अवस्थिति जाेखिम र अवसर विषयक अन्तरक्रिया एवम् समन्वय कार्यशाला पिप्रहर सामुदायिक हाेम स्टेकाे सभाहलमा आईतबार सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयकाे आयाेजना तथा तराई भु परिधि कार्यक्रम तालकाे सहकार्यमा साे कार्यक्रम सञ्चालन भएको हाे । सहभागिकाे रुपमा नवलपरासीमन रहेका आठ ओटा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष , नदि तटका स्थानिय जन प्रतिनिधिहरु , चितवनकाे कालावन्जर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष युवा संरक्षण कर्मिहरु , पर्यटन व्यवसायी , हाेम स्टे सञ्चालक तथा वाेटे माझिहरुका अगुवाकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा विशेषगरी डल्फिनकाे हालकाे अवस्था , यसका लागि वासस्थानकाे अवस्था तथा खाद्य तत्वका बारेमा सराेकारवाला विच अन्तरक्रिया गरिएको थियाे । नितिगत तह देखि नदिमा अश्रित जनसमुदाय स्तर सम्म स्पस्ट रुपमा कानुनकाे व्यवस्था भएता पनि कार्यान्वयनकाे पाटाे फितलो भएकाे उल्लेख गरिएको थियाे । हिजाेकाे दिनमा डाईनाेसरसहरु जस्तै डल्फिन पनि लाेप हुन सक्ने सम्भावना रहेकाे कारण यसकाे प्रजाति संरक्षणमा आजैदेखि लाग्नुपर्नेमा जाेड दिईएकाे थियाे । नारायणी नदिमा पानीको मात्रा सुक्दै जानू , नदिकाे मुहानदेखिनै फाेहर हुने , माछाकाे लागि बाधहरुमा fish ladder बनाउनु पर्ने त्यस्तैगरि विज्ञहरूको टिम वनाई अध्ययन अनुसन्धान गरि हालकाे अवस्था पत्तालगाउनुपर्ने सुझावहरु दिईएकाे थियाे । उपस्थित सराेकारवालाहरु वाट तीन वटा समुहरु वनाई डल्फिन संरक्षणमा लाग्न सक्ने सराेकारवाला निकायकाे थप पहिचान , हालसम्म भएको प्रयास , वनेका नीति नियमहरु तथा सरकारलाई थप सुझाव समेत दिईएकाे थियाे । कार्यक्रममा राष्ट्रिय निकुञ्ज वन्यजन्तुु संरक्षण विभागका उप सचिव रामचन्द्र खतिवडाले उपलब्ध भएको सुझावहरु मन्त्रालयमा राखिने तथा नीति निर्माण थप टेवा पुग्ने तथा नेपाल , भारत तथा बङ्गलादेशकाे त्रिपक्षिय छलफलमा यहाँ उठेका सवालहरु प्रस्तुत गर्ने वताउनुभएकाे थियाे । त्यस्तै डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत माेहन राज काफ्लेले जलाधार संरक्षणमा लागि परिरहेकाे अवगत गराउदै डल्फिनकाे संरक्षणका लागि आफू र माताहतका कार्यालयहरु सधै तत्पर रहेकाे वताउनुभयाे । नेपाल लगायत विश्व जगतमा डल्फिनकाे ईतिहास , हालकाे अवस्थाकाे वारेमा तराई भु परिधि कार्यक्रम आयाेजना सह प्रवन्धक कमल राज राईले प्रस्तुति गर्नुभएको थियाे ।

कार्यक्रमकाे अध्यक्षता सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रवहादुर पाण्डे रहनुभएकाे थियाे भने तराई भु परिधि कार्यक्रमका प्रेम पाैडेलले सहजिकरण गर्नुभएको थियाे ।कार्यक्रममा २२ वटा सराेकारवालाकाे पहिचान गरिएको छ भने स्थानिय तहले आफुहरु पनि डल्फिनकाे संरक्षणमा लाग्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।

Write your Comment