आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

२४ घण्टामा थप थप ११२ जनामा कोरोना संक्रमण : चार जनाको मृत्यु

    प्रकाशित २०७७ फागुन १४, शुक्रबार (३ साल अघि)


काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ ।

२४ घण्टामा ५४ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने ९३६ जना आइसोलेसनमा छन् ।

Write your Comment