आज:  २०८२ मंसिर १८, बिहिबार | Thu, 04, Dec, 2025 Search
FLASH NEWS

मध्यविन्दु-६ मा डिजिटल सुरक्षा सम्बन्धि तालिम सम्पन्न

    प्रकाशित २०८२ मंसिर १८, बिहिबार (२ घण्टा अघि)


नवलपुर । मध्यविन्दु-६, हर्दिया स्थित जनता माध्यमिक विद्यालयमा डिजिटल सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा अन्तरगत जागृति बाल तथा युवा सरोकार नेपाल, क्यान्नलान, पिपिडिसी नेपाल, एशिया सेन्टर र कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा र विद्यालयको समन्वयमा बुधबार कार्यक्रम गरिएको हो । “प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नारासहित डिजिटल सुरक्षा सम्बन्धी तालिम गरिएको हो ।

विद्यालय बाल क्लबका अध्यक्ष संस्कार भट्टराईले अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका लैंगिक सम्पर्क शिक्षक गिता काफ्ले प्रमुख आतिथ्यता रहेको थियो । जागृति बाल तथा युवा सरोकार नेपालकी सिनियर कार्यक्रम अधिकृत राधा देवी बोटेले संस्थाले नवलपुर जिल्लाका विभिन्न पालिकामा सञ्चालन गर्दै आएको बालबालिका, किशोरकिशोरी, युवा, वातावरण, पोषण र आयआर्जनसम्बन्धी कार्यक्रमको बारेमा जानकारी दिँदै भन्नुभयो, “आजको डिजिटल युगमा हामी दिनहुँ अनलाइन समय बिताउँछौं। यसले गर्दा हाम्रो वरिपरिका परिवार, छरछिमेक र साथीभाइमा हिंसा र दुर्व्यवहारका घटनाहरू बढिरहेका छन्। यस्ता तालिमहरूले मात्र हामीलाई सचेत बनाउन सक्छ।”

त्यस्तै गरि, तालिममा किशोरी सशक्तिकरण कार्यक्रमकी साथी शिक्षक संस्कृति भट्टराईले अनलाइन सुरक्षा, डिजिटल खतराका प्रकार, इन्टरनेटमार्फत हुने ठगी र जालसाजी, सुरक्षाका उपायहरु बारेमा विस्तृत जानकारी दिनुभएको थियोे । अनलाइनको दुरुपयोगका कारण हामीले थुप्रै अपराधिक समस्याहरू देखेको र यस्ता घटनाहरूबाट पाठ सिक्न र यसमा संवेदनशील हुन आवश्यक छ रहेको शिक्षक गीता काफ्लेले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक भुवन अधिकारी, जानकी शर्मा, प्रेम गौतम, ज्ञाना पाण्डे र जागृति बाल तथा युवा सरोकार नेपालकी सामाजिक परिचालक रुपा भट्टराई काफ्ले लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment