आज:  २०८१ मंसिर २२, शनिबार | Sat, 07, Dec, 2024 Search
FLASH NEWS

कावासोती १२ मा उत्कृष्ट विद्यार्थी, अभिभावक एवम् शिक्षकलाई सम्मान

    प्रकाशित २०८१ मंसिर ८, शनिबार (२ हफ्ता अघि)


देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ ले उत्कृष्ट उत्कृष्ट विद्यार्थी, अभिभावक एवम् शिक्षकलाई सम्मान गरेको छ । कावासोती १२ ले वडा भित्र रहेका चारवटा विद्यालयबाट उत्कृष्ट छ्नोट भएकाहरुलाई सम्मान गरेको हो । वडाले शुक्रबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा ज्येष्ठ नागरिक सम्मान, आशिर्वाद ग्रहण तथा विद्यार्थी, अभिभावक एवम् शिक्षक सम्मान र अन्तरपुस्ता कार्यक्रम गरेको हो ।


कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा भएको भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, वडा सदस्यहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

विद्यार्थीतर्फ चारवटा विद्यालयकै शैक्षिक सत्र २०८० मा प्रथम, द्वितीय र तृतीयलाई सम्मान गरिएको हो । शान्ति निकुञ्ज माध्यमिक विद्यालयबाट प्रथम, द्वितीय र तृतीय क्रमशः जिर्मी महतो, श्रीधर चौधरी र एलिना थनेत सम्मानित भएका छन् भने वाइज भिजन माध्यमिक विद्यालयबाट प्रथम, द्वितीय र तृतीय क्रमशः ऋतु शर्मा,  कविर घिमिरे र प्रिन्सा थनेत सम्मानित भएका छन् । त्यसै गरि सन्तुदेवी राष्ट्रिय आधारभूत विद्यालयबाट प्रथम, द्वितीय र तृतीय क्रमशः बिनिसा परियार, योशिक सापकोटा र एमिसा महतो सम्मानित भएका छन् भने राजरत्न आधारभूत विद्यालयबाट प्रथम, द्वितीय र तृतीय क्रमशः रिदम आले, ममता महतो र जग वास्किम महतो सम्मानित भएका छन् ।


उत्कृष्ट शिक्षकतर्फ शान्ती निकुञ्ज माध्यमिक विद्यालयबाट माध्यमिक तहका गणित विषय शिक्षक प्रकाश सुवेदी, निमावि तह अंग्रेजी विषय शिक्षक दिनेश शर्मा चापागाई, वाइज भिजन माध्यमिक विद्यालयबाट गणित विषय शिक्षक श्यामनारायण महतो, सन्तुदेवी राष्ट्रिय आधारभूत विद्यालयबाट ऋषिप्रसाद महतो र राजरत्न आधारभूत विद्यालयबाट कल्पना नेपाली सम्मानित भएका छन् । त्यसै गरि उत्कृष्ट अभिभावक तर्फ शान्ति निकुञ्ज माध्यमिक विद्यालयबाट देवि पौडेल काफ्ले, सन्तुदेवी राष्ट्रिय आधारभूत विद्यालयबाट जीवन कुमारी महतो र राजरत्न आधारभूत विद्यालयबाट सावित्री महतो सम्मानित भएका हुन् ।

सम्मानित हुने उत्कृष्ट विद्यार्थी, अभिभावक एवम् शिक्षकलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । वडामा शैक्षिक स्तरको अभिवृद्धि गर्न शिक्षक, विद्यार्थी र अभिभावक प्रोत्साहनका लागि कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।


कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले कावासोती १२ बाट हुने कार्यक्रमहरु जनस्तरबाट सुहाउँदो र निकै नै प्रभावकारी हुने गरेको बताउनुभयो । शैक्षिक सुधारका लागि सरोकारवाला सबैको महत्वपूर्ण भुमिका हुने भएकाले वडाले शिक्षाका लागि गरेको लगानी सराहनीय भएको बताउनुभयो ।

Write your Comment