नवलपुर । पत्रकार प्रेम क्षेत्रीको हृदयघातका कारण निधन भएको छ। नवलपुरको गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएमका सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीको हृदयघातका कारण निधन भएको हो।
शनिवार राति छाती दुखेपछि क्षेत्रीलाई परिवारले तत्काल अस्पताल लगेको थियो । तर उनको बाटोमै मृत्यु भएको परिवार श्रोतले जनाएको छ। उनको असामयिक निधनले सञ्चार क्षेत्र र उनलाई नजिकबाट चिनेका सबैलाई स्तब्ध बनाएको छ। उनी पत्रकार महासंघ चितवनका सदस्य पनि हुन् । दिवंगत क्षेत्रीको अन्त्येष्टि आज देवघाटमा गरिने परिवारले जनाएको छ।