आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

टिकटक कानूनी दायरामा आए प्रतिबन्ध नगर्ने सरकारको स्पष्टिकरण

    प्रकाशित २०८१ जेष्ठ ३१, बिहिबार (४ महिना अघि)


काठमाडौं । सामाजिक सञ्जाल टिकटकले यदी कानुनी दाँयारा पुरा गरेमा सरकारले नरोक्ने स्पस्ट पारेको छ र कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको जनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् ।

टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्ट द्वायसप्रति समस्या रहेको भन्दै उनले टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको बताइन् । उनले नेपालको कानूनी व्यवस्थाका आधारमा दर्ता भइ सञ्चालन भए टिकटकप्रति कुनै प्रतिबन्ध नहुने स्पष्ट पारिन् ।

शर्माले बुधबारमात्रै फेसबुकका प्रतिनिधिसँग छलफल भएको बताउँदै नेपालको नियमकानून अनुसार चल्नुपर्नेमा जोड दिइन् । उनले आगामी मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल विधेयकलाई संसदमा पठाउने र त्यसपछि बृहत छलफल गर्दै पारित गर्ने कुरा समेत जानकारी दिइन् ।

नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सरकारले जोड दिएको पनि बताइन्।
त्यस्तै शर्माले सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वय, अनुगमनका साथै नागरिकको सूचनामा सहज पहुँचका लागि पनि ध्यान दिइएको उल्लेख गरिन् । संसद, राजनीतिक दलका साथै सञ्चारमाध्यमहरुको योगदान सुचना सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने उनले बताइन् ।

Write your Comment