आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

    प्रकाशित २०८१ जेष्ठ २३, बुधबार (१ महिना अघि)


काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ। मंगलबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए। विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे। साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए। नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए।

करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन बनाए। गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे। नेपालका लागि सोमपाल कामी भने शुन्यमा आउट भए। अन्तिम विकेटका रुपमा आउट भएका अभिनाश बोहराले पनि खाता खोल्न सकेनन्। नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए।

प्रतियोगिताको समूह ‘डी’ मा रहेका दुवै टिमको यो पहिलो खेल हो। यो समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।

Write your Comment