आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024 Search
FLASH NEWS

देवचुलीमा आरन व्यवसायीहरुलाई आरन सामग्री वितरण

    प्रकाशित २०८१ बैशाख २७, बिहिबार (१ हफ्ता अघि)


देवचुली । देवचुलीमा परम्परागत रुपमा संचालन भएका आरन व्यवसायीहरुलाई आरन सामग्री वितरण गरिएको छ । देवचुली नगरपालिका भित्र परम्परागत रुपमा आरन व्यावसाय गरेका व्यवसायीहरुलाई देवचुली १६ को सभाहलमा बुधबार कार्यक्रम गरि सामग्री वितरण गरिएको हो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, देवचुली नगरपालिकाका लेखा अधिकृत नारायण ढकाल, कार्यपालिका सदस्य जानकी देवी गुरौ लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नगर भरि रहेका १८ जना आरन व्यवसायीलाई मागका आधारमा सामग्री वितरण गरिएको हो ।

आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाले विभिन्न सामग्री वितरण गरिएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार आरन व्यवसाय लोप हुँदै गर्दा त्यसको आधुनिकीकरणको लागि विभिन्न औजार तथा उपकरणहरु निःशुल्क उपलब्ध गराइएको हो । नगर प्रमुख हरिप्रसाद न्यौपानेले आरन व्यवसायीहरुको उत्थानका लागि नगरपालिका सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले विपन्न समुदायलाई लक्षित गरेर नगरपालिकाले विभिन्न कार्यक्रम ल्याइरहेको बताउनुभयो ।

Write your Comment