आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुलीको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन

    प्रकाशित २०८१ जेष्ठ ११, शुक्रबार (२ महिना अघि)


देवचुली । नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुलीको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन हुनुभएको छ । संगठनको बिहिबार भएको तेस्रो नगर अधिवेशनबाट केसीको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षमा दोलकान्त अर्याल, महिला उपाध्यक्षमा सरस्वती अर्याल, सचिवमा सोमनारायण काफ्ले, सहसचिवमा सितादेवी सुवेदी, कोषाध्यक्षमा जनार्दन पौडेल, सह कोषाध्यक्षम यमकला अर्याल, सदस्यहरुमा सीता न्यौपाने, अम्बिसरा बिरकट्टा, सन्जु सिलवाल, ध्रुव पौडेल, करण खडका, ईश्वरी खनाल, विष्णुप्रसाद तिवारी, सुशील चापागाई, मोहनसिङ खन्डुलुक र निमनारायण अधिकारी सर्वसम्मत चयन भएका हुन् ।

बिहीबार नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुली नगर समितिको अध्यक्ष देवेन्द्रमणि त्रिपाठीको अध्यक्षतामा भएको तेस्रो नगर अधिवेशन तथा शिक्षक सम्मान कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका सल्लाहकार एवम् नेकपा एमाले नवलपुरका सदस्य नरदेव न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुरका अध्यक्ष हरिप्रसाद न्यौपाने लगायत संगठनका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नव नियुक्त स्थायी शिक्षकहरुलाई सम्मान गरिएको थियो । देवचुली नगरपालिकाका विद्यालयहरुमा १३ जना शिक्षकहरु नियुक्त भएका थिए । अधिवेशनमा संगठनका सचिव हीराबहादुर केसीद्वारा प्रस्तुत सांगठनिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष डोलराज सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पास गरेको थियो ।

कार्यक्रम बोल्दै नगर प्रमुख हरिप्रसाद न्यौपानेले शिक्षाका क्षेत्रमा नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बताउनुभयो । नगरपालिकाको शैक्षिक सुधारका लागि सरोकारवाला सबैजना मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । यस वर्षको नीति तथा कार्यक्रमको योजना तर्जुमाका लागि विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक र शिक्षकहरुसँग छ्लफल गरिएको बताउनुभयो ।

त्यसै गरि नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका सल्लाहकार एवम् नेकपा एमाले नवलपुरका सदस्य नरदेव न्यौपाने र नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेले संगठनले शिक्षकहरूको लागि गरिरहेको कामहरुको बारेमा जानकारी गराउँदै नव गठित नगर कमिटीका पदाधिकारी हरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Write your Comment