आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १ मा विल्डिङ्ग इलेक्ट्रीसियन तालिम सुरु

    प्रकाशित २०८१ जेष्ठ ६, आईतबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १ मा विल्डिङ्ग इलेक्ट्रीसियन तालिम सुरु गरिएको छ । देवचुली वडा नम्बर १ को आयोजना तथा भुमिका टेक्निकल सर्भिस प्रा लिको समन्वयमा भुमिका टेक्निकलको सभाहलमा ३० दिने विल्डिङ्ग इलेक्ट्रीसियन तालिम सुरु गरिएको हो । देवचुली १ बाट आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित रकमबाट वडाका युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्न लागिएको वडा अध्यक्ष कृष्णबहादुर केसीको जानकारी दिनुभयो ।


देवचुली वडा नम्बर १ का वडा अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता भएको तालिमको समुदघाटन कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, लेखा अधिकृत नारायण ढकाल, वडा सदस्यहरु अजय थनेत, संगिता रेग्मी मगर, विजय माझी, उर्मिला बिक, वडा सचिव रविन्द्र पौडेल, टोल विकास समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तालिमको उद्घाटनमा बोल्दै नगर प्रमुख हरिप्रसाद न्यौपानेले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । तालिम सम्पन्न पश्चात् लेभल १ र लेभल २ को परीक्षा दिई प्रमाणपत्र प्राप्त गरि आफुले पाएको अवसरलाई सदुपयोग गर्न उहाँले आग्रह गर्नुभएको थियो। , नगरपालिकाले सीप सिकेकाहरुलाई रोजगारदाताहरुसँग समन्वय गर्न पहल गर्ने उहाँले बताउनुभयो ।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले तालिमबाट सीप सिकी स्वरोजगार बन्नका लागि सहभागीलाई शुभकामना व्यक्त गर्नुभएको थियो । तालिममा लेभल १ र लेभल २ को तालिमका लागि २० जना युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ। एक महिना सम्म संचालित हुने तालिमलाई डि आर क्षेत्रीले प्रशिक्षण गर्ने जनाइएको छ।

कार्यक्रममा वडा सदस्य संगिता रेग्मी मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने भुमिका टेक्निकल सर्भिस प्रालिका निर्देशक दिपा देवकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Write your Comment