आज:  २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024 Search
FLASH NEWS

इलाम- २ मा प्रतिनिधि सभा सदस्यमा सुहाङ विजयी

    प्रकाशित २०८१ बैशाख १८, मंगलबार (२ हफ्ता अघि)


इलाम । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ ठूलो मतान्तरसहित विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७ हजार ७ सय ७२ मत सहित विजयी भएका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का दोस्रो भए। उनले २१ हजार ९ सय ४२ मत पाए। सुहाङभन्दा डम्बर ५ हजार ८ सय ३० मतले पछि परे। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार (१५ वैशाख) उपनिर्वाचन भएको हो। एमालेले यहाँबाट सुवासकै छोरा सुहाङलाई चुनावी मैदानमा पठाएको थियो। बुवाजस्तै स्वभाव मिल्ने सुहाङले बुवाले लगातार २५ वर्षसम्म जित्दै आएको क्षेत्रमा जित हासिल गर्दै संसद् भवनको ढोका खोलेका छन्। सुहाङ पेसाले अधिवक्ता पनि हुन्।

बुवाको निधनपछि उनलाई एमालेले राजनीतिक बाटोमा डोर्‍याएको छ। उनी एमालेका कानुन विभाग सदस्य पनि हुन्। बुवा सुवाससँगकै सल्लाहमा उनले फुटबल क्लब पनि किनेका थिए। व्यवसायमा जम्दै गरेका सुहाङ अब प्रतिनिधिसभा सांसद बनेर संघीय संसद् छिर्ने भएका हुन्। उनले यसलाई आफ्नो र पार्टीको मात्रै नभई सिंगो इलामेलीको जितको रुपमा लिएको बताए।

Write your Comment