आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

सत्य हरियाली वन अमरापुरीको अध्यक्षमा रेखबहादुर बिक चयन

    प्रकाशित २०८१ बैशाख ११, मंगलबार (१ हफ्ता अघि)


मित्र खरेल, नवलपुर । सत्य हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका-१७ अमरापुरीको आठौँ साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रेखबहादुर बिकको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समुहको उपाध्यक्षमा प्रमानन्द सापकोटा सचिवमा मधु परियार र कोषाध्यक्षमा यमकला बिक रहेका छन् । सदस्यहरुमा टकबहादुर बिक, भिमकला बिक र बुद्धिमाया तामाङ रहेका छन ।

अधिवेशनबाट ठाकुर पाण्डेको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यमा डिल्लीराम सापकोटा र भगवती गौतम छन । गैंडाकोट नगरपालिका-१७ का वडाअध्यक्ष गोपी कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन महासङ्घ नवलपुरका पूर्व अध्यक्ष ठाकुर पाण्डे, सिख्रौली मध्यवर्ती उपाभोक्ता समितिका सदस्य नन्दराम सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष कमलबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका सचिव डिल्लीराम सापकोटाले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन पेस गरेका थिए ।

Write your Comment