आज:  २०८१ श्रावण ५, शनिबार | Sat, 20, Jul, 2024 Search
FLASH NEWS

प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता : आइतबार देवचुली ३ र देवचुली १७ विजयी

    प्रकाशित २०८० चैत्र २६, सोमबार (३ महिना अघि)


देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा आइतबार देवचुली ३ र देवचुली १७ विजयी भएका छन् । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह आयोजनामा देवचुली १६ को देवचुली माध्यमिक विद्यालयको खेल मैदान रजहरमा भएको खेलमा देवचुली ३ ले देवचुली १२ लाई पराजित गरेको छ भने देवचुली १७ `ए´ ले देवचुली १३ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

आइतबारको पहिलो खेलमा देवचुली ३ ले देवचुली १२ लाई ३-२ गोल अन्तरले हराएको हो । त्यसै गरि दोस्रो खेलमा देवचुली १७ `ए´ ले देवचुली १३ लाई १-० गोल अन्तरले हराउँदै अर्को चरण प्रवेश गरेको हो । पहिलो खेलमा देवचुली ३ का हिमाल चितौरे मगर म्यान अफ दि म्याच भएका थिए भने दोस्रो खेलमा देवचुली १७ `ए´ का भीष्म बाचे म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने वडाले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने वडाले नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने वडाले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली १६ का अध्यक्ष आनन्द बानियाँले जानकारी दिनुभयो । प्रतियोगितामा सोमबारको पहिलो खेल देवचुली १ का विरुद्ध देवचुली ११ र दोस्रो खेल देवचुली ९ का विरुद्ध देवचुली १६ `ए´ बिच हुने आयोजकले जनाएको छ ।

Write your Comment