आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

वडा स्तरीय टि २० क्रिकेट प्रतियोगिता : शनिबार देवचुली १३ र १५ विजयी

    प्रकाशित २०८० चैत्र २४, शनिबार (४ हफ्ता अघि)


देवचुली । रोयल क्रिकेट एकेडेमीमा शनिवारबाट शुरु भएको टी ट्वान्टी क्रिकेट प्रतियोगितामा देवचुली १३ को समुहले विजयी शुरुवात गरेको छ । देवचुली ९ लाई ९ विकेटले हराउँदै देवचुली १३ ले विजयी शुरुवात गरेको हो । यस्तै, शनिवारै सोही मैदानमा भएको दोस्रो खेलमा देवचुली १५ ले देवचुली ५ लाई १ सय ११ रन अन्तरले हराउँदै जित निकालेको छ ।

नगर युवा तथा खेलकुद विकास समिति देवचुलीको आयोजनामा देवचुली १० स्थित रोयल क्रिकेट एकेडेमीको क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा देवचुली ९ ले दिएको १११ रनको लक्ष्य १ विकेटको क्षतिमा ९ ओभरमै पुरा गर्यो । पहिले ब्याटिङमा उत्रिएको देवचुली ९ ले १४ ओभर ३ बलमा सबै विकेट गुमाएको थियो । खेलमा देवचुली १३ का प्रमिस अर्याल म्यान अफ दि म्याच बने ।

यस्तै, शनिवारै भएको दोस्रो प्रतिस्पर्धामा देवचुली १५ सँग देवचुली ५ एक सय ११ रनले पराजित भयो । १ सय ७६ रनको लक्ष्य पछ्याएको देवचुली ५ ले ११ ओभर २ बलमा सवै विकेट गुमाउदै ६५ रन मात्रै जोड्न सफल भयो । पहिले ब्याटिङ रोजेको देवचुली १५ ले पुरै २० ओभर खेलेर १ सय ७५ रन जोडेको थियो । दोस्रो प्रतिस्पर्धामा देवचुली १५ का कृष्ण जिसी म्यान अफ द म्याच भए ।

चैत ३० गतेसम्म चल्ने वडास्तरीय क्रिकेट प्रतियोगिताको आईतवारको पहिलो खेल बिहान देवचुली ११ र १२ बीच र दोस्रो खेल दिउँसो देवचुली १० र १६ बीच हुने तालिका छ ।

प्रतियोगितामा प्रथम हुने टीमले ३५ हजार, दोस्रो हुने टीमले २० हजार राशी सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमीफाईनल पुग्ने दुई टीमलाई प्रोत्साहन स्वरुप ५/५ हजार रुपैंया राशीको पुरस्कार रहेको छ ।

खेल शुरु हुनुपुर्व भएको औपचारिक उद्घाटन सत्रमा पुगेका नगर प्रमुख हरिप्रसाद न्यौपाने र वडाअध्यक्षहरु एकदेव पौडेल, बलिराम सापकोटा र रेप्तीकुमार घर्तीमगरले त्रिकेट बलिङ ब्याटिङ गरेर खेल उद्घाटन गरेका थिए ।

Write your Comment