आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

देवचुली नगरभित्र शिक्षकले मासिक तलब पाउने

    प्रकाशित २०८० फागुन १६, बुधबार (२ महिना अघि)


देवचुली । त्रैमासिक रूपमा शिक्षकलाई तलब दिँदै आएको देवचुली नगरपालिकाले महिना बित्नेबित्तिकै शिक्षकको तलब पठाउन थालेको छ । शिक्षकलाई समयमै तलब सुविधा नदिँदा त्यसको असर पठनपाठनमा पर्ने भन्दै नगरपालिकाले मासिक रूपमा तलब दिन सुरु गरेको हो ।

नगरपालिकाभित्र हाल २८ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयहरूमा लेखापाल,कर्मचारी र शिक्षक गरी तीनसय सतहत्तर जना कार्यरत छन् । उनीहरूलाई मासिक रूपमा तलब दिँदा १ करोड ४२ लाख ९१ हजार रुपैयाँ खर्च हुन्छ ।

‘यसअघि शिक्षकको तलब नियमित थिएन, त्रैमासिक रुपमा उहाँहरुको तलब जाने गरेको थियो तर अब हामीले मासिक रूपमै दिन थालेका छौँ,’ नगरपालिकाका शिक्षा शाखाका अधिकृत नन्दलाल ढकालले जानकारी दिदै भन्नुभयो, ‘यसो गर्दा उहाँहरूको खर्च व्यवस्थापनमा सहजता हुन्छ र कार्यसम्पादन पनि राम्रो हुन्छ ।’

समयमै तलब नआएको भन्दै नगरअन्तर्गत रहेका सामुदायिक विद्यालयका शिक्षकले नगरसँग गुनासोसमेत गर्दै आइरहेका थिए ।

Write your Comment