आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

कावासोती ९ मा हिंसा, दुर्व्यवहार र किशोरी अधिकार सम्बन्धि सचेतना

    प्रकाशित २०८० फागुन १, मंगलबार (२ महिना अघि)


कावासोती । कावासोती नगरपालिका वडा नम्बर ९ मा हिंसा, दुर्व्यवहार र किशोरी अधिकार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ९ को कार्यालय, नवलपुर किशोरी संजाल र सामुदायिक सेवा केन्द्र नवलपुरको सहकार्यमा कार्यक्रम गरिएको हो ।

कावासोती वडा नं ९ का वडा अध्यक्ष रिभर कुमार श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सुनिता महतो, वडा सदस्य डम्बर बहादुर महतो, वडा भित्रका विभिन्न आमा समुह र महिला समूहका पदाधिकारीहरु, विभिन्न संस्थाका पदाधिकारी, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख बिन्दु बिक, सामुदायिक प्रहरीका प्रतिनिधि, लगायतको उपस्थिति रहेको थियो।

जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवी बोटेले कावासोतीमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत भइरहेका विभिन्न गतिविधि र अभियानहरुको बारेमा जानकारी दिनु भएको थियो । साथै समुदायस्तरमा आमा समूह, महिला समुह तथा अभिभावकहरुलाई केन्द्रित गरि कार्यक्रम गर्नुको उदेश्यको बारेमा जानकारी दिँदै कार्यक्रम संचालन गर्नु भएको थियो ।


जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख बिन्दु बिकले हिंसाका प्रकारहरु, हिंसा तथा दुर्व्यवहार हुने कारणहरु, हिंसा तथा दुर्व्यवहारका असरहरु, समग्रमा नवलपुर जिल्ला भित्र महिला, बालबालिका, जेष्ठ नागरिक माथी हुने हिंसाको अवस्था र त्यसको तथ्यांक, हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका लागि गरिएका प्रयासहरु सहित हिंसा रोकथाम तथा न्यूनीकरणमा जनप्रतिनिधि ( स्थानीय सरकार) ले, आमा समुह, महिला समूह, टोल विकास संस्थाका सदस्यहरु र अभिभावकहरुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ र हिंसा, दुर्व्यवहार भएमा कुन कुन निकायहरुमा समन्वय सम्पर्क गर्न सकिन्छ , बाल विवाहले निम्त्याउने समस्याहरु, वैदेशिक रोजगार अन्तर्गत महिलाहरुले के कस्ता हिंसा दुर्व्यवहार हरुको भोग्ने गरेका छन र त्यस्ता कुराबाट कसरी बच्न सकिन्छ भन्ने सन्दर्भमा सहजीकरण गर्नु भएको थियो ।

Write your Comment