आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

धोवादीमा बालविवाह तथा मानव बेचबिखन सम्बन्धि सचेतना

    प्रकाशित २०८० माघ २२, सोमबार (५ महिना अघि)


नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ धोवादीमा हुप्सेकोट बालविवाह तथा मानव बेचबिखन सम्बन्धि समुदायस्तरमा सचेतना तालिम सम्पन्न गरिएको छ। असल छिमेकी नेपाल कास्की पोखराको आयोजनामा र हुप्सेकोट गाउँपालिकाको समन्वयमा आइतबार हुप्सिकोट ५ को सभाहलमा सचेतना कार्यक्रम गरिएको हो ।

बालविवाह न्यूनीकरण ,जर्बजस्ती विवाह र मानव बेचबेखिन सम्बन्धि सचेतना प्रवाह गर्न समुदायस्तरमा तालिम गरिएको असल छिमेकी नेपाल कास्कीका पुरन सोतीले जानकारी दिनुभयो । हुप्सेकोटमा केही विद्यालय तथा समुदायमा बालविवाह सम्बन्धि सचेतना प्रवाह गरिने उहाँले बताउनुभयो । संस्थाले हुप्सेकोट गाउँपालिकामा संचालन गरेको परियोजनाको जानकारी गराउँदै समुदाय तथा विद्यालयहरुमा सचेतना प्रवाह गरिरहेको उहाँले जानकारी दिनुभयो । सोतीका अनुसार सोमबार हुप्सेकोट ५ पांग्रेमा समुदायस्तरको सचेतना तालिम संचालन गरिनेछ।

तालिममा बालविवाह भनेको के हो ?, बालविवाहबाट हुने असरहरु, बालविवाह गर्दा हुने कानुनी कारवाही, बालविवाह अन्त्य गर्नका लागि गर्नुपर्ने कार्यहरु, बालबालिका हिंसाबाट जोगिने उपायहरु, मानव बेचबिखन भनेको के हो ? मानव बेचबिखनबाट जोगिन ख्याल गर्नुपर्ने कुराहरु लगायतका विषयमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा र देवचुली खबरका प्रबन्ध निर्देशक राजु चापागाईले सहजीकरण गर्नुभएको थियो।

हुप्सेकोट गाउँपालिकाको पहाडी गाउँहरुमा अझै बालविवाह हुने गरेकोले यस्ता सचेतना तालिम निकै नै प्रभावकारी हुने स्थानीय सहभागीले बताए । सहभागीहरुले बालविवाह अन्त्य गर्नका लागि सामुहिक प्रतिबद्धता व्यक्त गरेका थिए। तालिममा असल छिमेकी नेपाल कास्की पोखराका दीपा महतो , धोवादी,राम्चे लगायत गाउँबाट स्थानीयको सहभागिता रहेको थियो।

Write your Comment