आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

मानव अधिकार एलायन्स नवलपुरको जिल्ला भेला सम्पन्न

    प्रकाशित २०८० माघ २०, शनिबार (२ महिना अघि)


देवचुली। मानव अधिकार एलायन्स नवलपुर शाखाको जिल्ला भेला सम्पन्न भएको छ । मानव अधिकार र सुशासन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया सहित शनिबार आयोजित जिल्ला भेला दलदलेमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेशका सदस्य तथा देवचुली नगरपालिकाका इन्चार्ज तिलप्रसाद काफ्लेले मानव समाजमा भए गरिएका नराम्रा कार्य संस्कार संस्कृतिको अन्त्य गरी सुसंस्कृत समाज निर्माण गर्न एलायन्शले अहम भूमिका खेल्ने बताउनुभयो । उनले मानव अधिकारको कार्यान्वयन संरक्षण र संवर्द्धन गर्न नेकपा एमाले तयार रहेको बताउँदै उनले लोकतन्त्र राजनितिक दल र मानव अधिकार कर्मीहरुको जननी भएको बताउदै लोकतन्त्रको पूर्ण कार्यान्वयनले मानव अधिकारको संरक्षण गर्न सकिने बताए ।मानव अधिकार एलाईन्स उठान गर्ने सबै बिषयमा एमाले प्रदेश कमिटीको साथ सहयोग रहने प्रमुख अथिति काफ्लेले बताउनुभयो ।

नेकपा एमालेका नवलपुरका सदस्य तथा मानव अधिकार एलायन्स नवलपुरका इन्चार्ज भुपेन्द्र खनालले मानव अधिकार र सुशासन प्रवर्द्धन सम्बन्धि सहजीकरण गर्दै एलायन्सलाई पार्टीबाट सक्दो सहयोग गर्न आग्रह गर्नुभएको थियो।

मानव अधिकार एलायन्स नवलपुरका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य तथा देवचुली नगरपालिकाका इन्चार्ज तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि नेकपा एमाले नवलपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा देवचुली इन्चार्ज युवराज वाग्ले, जिल्ला सदस्य कृष्ण कंडेल , नेकपा एमाले देवचुलीका अध्यक्ष कृष्णबहादुर केसी, नगर सचिव डिलाराम पाण्डे लगायतका एमालेका विभिन्न भातृ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण मानव अधिकार एलायन्श नवलपुरका सचिव दिपक शर्माले गर्नुभएको थियो ।

Write your Comment