आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

एकता सामुदायिक वनमा झाडी सफाई कार्यक्रम सुरु

    प्रकाशित २०८० मंसिर १९, मंगलबार (७ महिना अघि)


देवचुली। नवलपुरको देवचुलीमा रहेको एकता सामुदायिक वनले आफ्नो वन क्षेत्रमा झाडी सफाई कार्यक्रम सुरु गरेको छ। वनले मंगलबारबाट सुरु गरेको झाडी सफाई कार्यक्रम शनिबारसम्म संचालन गर्ने भएको हो।

वार्षिक कार्य योजना अनुसार कार्यक्रम सुरु गरिएको एकता सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यामप्रसाद भुसालले बताउनुभयो । उपभोक्ताहरुको उपस्थितिमा झाडी सफाई गर्दै वन व्यवस्थापन गर्नका लागि कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

एकता सामुदायिक वनमा देवचुली ११,१२ र १४ का उपभोक्ताहरु रहेका छन् । वनमा ६०२ उपभोक्ता रहेका छन् ।

Write your Comment