आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

राष्ट्रिय स्वतन्त्र पार्टी अब बहुलवादी लोकतान्त्रिक पार्टी

    प्रकाशित २०८० मंसिर १६, शनिबार (५ महिना अघि)


नवलपुर। राष्ट्रिय स्वतन्त्र पार्टीको महोत्तरीको जलेश्वरमा भएको बैठकबाट राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ। रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए।

हाम्रो पार्टीको नीतिगत र वैचारिक अस्पष्टतालाई लिएर बारम्बार आरोप लगाइन्थ्यो, प्रश्न उठाइन्थ्यो,’ उनले भने, ‘त्यो वैचारिक अस्पष्टता जलेश्वरमा सम्पन्न बैठकबाट चिरेका छौँ । मूल विषय प्रस्ट गरेका छौँ, पूर्ण राजनीतिक दस्तावेज बिस्तारै सार्वजनिक गर्नेछौँ ।’राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको नवलपुरको पिप्रहरमा संचालन भएको बैठकपछि आयोजित जलेश्वर बैठकबाट पारित संयुक्त दस्तावेजको विषयमा र वर्तमान राजनैतिक अवस्था आगामी कार्यदिशाको विषयमा प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै उनले यस्तो भनेका हुन् ।

ढकालका अनुसारमा जलेश्वरको बैठकबाट पारित गरिएको दस्तावेजको प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रुपमा चित्रित गरिएको छ।पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख गरिएको उनले बताए।

जलेश्वर बैठकबाट रास्वपाले वडा र पालिकामा आफ्नो उम्मेदवार छान्न उम्मेदवारको क्लब गठन गर्ने निर्णय गरेको छ। यो अवधारणाअन्तर्गत अब देशभरका वडा र पालिकामा उम्मेदवार क्लब गठन हुनेछ । वडा र पालिकाको अध्यक्ष बन्न चाहनेले यो क्लबमा सदस्यता लिनुपर्नेछ । त्यसपछि क्लबमा रहेकाको प्रशिक्षण, परीक्षण र आचरणलगायत पाँचवटा चरण हुनेछन् । पाँचवटा चरण पार गरेपछि एकजनालाई पार्टीले उम्मेदवारको टिकट दिनेछ । वडा र पालिका सभापतिले भने सिधै चौथो चरणमा प्रवेश पाउनेछन् । त्यस्तै, लिडरसिप एकेडेमीको अवधारणालाई पनि बैठकले पारित गरेको छ । ०८२ भित्र नेतृत्व प्रशिक्षणका लागि लिडरसिप एकेडेमी खोलिनेछ । ‘एकेडेमीबाट सर्टिफाई भएपछि मात्र जुनैसुकै तहको उम्मेदवार बन्न पाइनेछ,’ महामन्त्री मुकुल ढकालले भने ।

 

Write your Comment