आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

श्रीलंकालाई हराउँदै भारत बन्यो एसिया कप बिजेता

    प्रकाशित २०८० भाद्र ३१, आईतबार (८ महिना अघि)


नवलपुर । श्रीलंकालाई दस विकेटले हराउँदै भारत एसिया कपको बिजेता बनेको छ । श्रीलंकाले दिएको ५१ रनको लक्ष्य ६.१ ओभरमा पूरा गर्दै भारत आठौंपटक एसिया कपको विजेता बनेको हो । शुभम गिलले २७ र इशान किसनले २३ रन बनाएर भारतलाई जित दिलाए ।

यसअघि श्रीलंका १५.२ ओभरमा अलआउट हुँदै ५० रन बनाएको थियो । छ पटकको विजेता श्रीलंकाको ब्याट धरासायी बनाउँदै भारतका मोहम्मद सिराज नायक बने । ७ ओभर बलिङ गरेका उनले ६ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।

सिराजले चौथो ओभरमा ५ विकेट लिएका थिए।श्रीलंकाले पावर प्लेइङको छैटौं ओभरमै ६ विकेट गुमाएको थियो । छैटौं ओभरको समाप्तिमा उसले १३ रन बनाएर ६ विकेट गुमाएको थियो ।

श्रीलंकाका कुशल परेरा, सदीरा, चारिथ अशलंका र दसुन शनाका शून्य रनमै आउट भए । श्रीलंकाका लागि कुशल मेन्दासले सर्वाधिक १७ रन बनाएङ्का थिए । दसन हेमन्थाले अविजित १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।

Write your Comment