आज:  २०८१ भाद्र २७, बिहिबार | Thu, 12, Sep, 2024 Search
FLASH NEWS

कावासोती ११ मा दुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० भाद्र २, शनिबार (१ साल अघि)


कावासोती। कावासोती नगरपालिका वडा नम्बर ११ मा दुर्व्यवहार सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। क्यान्नलान स्विजरल्याण्डको सहयोगमा जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ११ को कार्यालय,नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नवलपुर किशोरी संजालको समन्वयमा शुक्रबार कार्यक्रम गरिएको हो।

कार्यक्रममाबकावासोती नगरपालिकामा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भ ईरहेको कार्यक्रमहरुसहित कार्यक्रमको उद्देश्य र विषयवस्तुको बारेमा संस्थाका सहजकर्ता राधादेवी बोटेले जानकारी दिइन् । किशोरकिशोरी तथा बालबालिकामा हुने हिंसा न्यूनीकरणका लागि सरोकारवाला सचेत गराउनका लागि कार्यक्रम गरिएको उनले बताइन् ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको बाल क्लबका अध्यक्ष विजय बिकको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा शिक्षकशिक्षिकाहरु, बालक्लबका प्रतिनिधिहरु, विद्यालयमा अध्ययनरत बालबालिकाहरु, किशोरी अभियन्ताहरुलगायतको सहभागिता रहेको थियोे ।

कार्यक्रममा हिंसा, दुर्व्यवहार भनेको के हो?, राम्रो छुवाई र नराम्रो छुवाई भनेको के हो?, हिंसा, दुर्व्यवहार कहाँ कहाँ, कोबाट र कसरी हुन्छ?, हिंसा, दुर्व्यवहार भयो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ र हटलाईन नम्बरहरु केके हुन् ? भन्ने विषयमा छलफल भएको थियो । सो कार्यक्रमको किशोरी अभियन्ता रेजिना घर्तिमगर र साथी शिक्षक कृष्णादेवी माझीले सहजीकरण गरेका थिए।

 

Write your Comment