आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

नाम्स नारायणीले मनायाे विविध कार्यक्रमसहित उत्सव

    प्रकाशित २०८० श्रावण २८, आईतबार (९ महिना अघि)


डि आर क्षेत्री,नवलपुर । नेपाल बजार बिक्री प्रतिनिधि संघ ( नाम्स) क्षेत्रिय कार्य समिति नारायणीद्वारा नेपाल बजार बिक्री प्रतिनिधि संघले स्वतन्त्र ट्रेड युनियन मान्यता पाएकाे अवसरमा शनिबार फुटसल सहित अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे हो ।

चितवनमा सम्पन्न कार्यक्रमकाे अध्यक्षता नेपाल बजार विक्रि प्रतिनिधि संघ क्षेत्रिय कार्य समिति नारायणीका अध्यक्ष सविन लामिछानेकाे रहेकाे थियाे भने संघका केन्द्रीय अध्यक्ष नरेन्द्र विष्टकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । शुभकामना मन्तव्य राख्ने क्रममा संघका केन्द्रीय अध्यक्ष विष्टले संघका प्रतिनिधिहरु संस्थागत , सभ्य र मर्यादित भएर काममा लाग्ने साथै प्रतिनिधिहरुकाे हक हितका लागि संघ सधै लागि परिरहने बताए ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष नरेन्द्र विष्ट, वरिष्ठ उपाध्यक्ष पदम भट्टराई, महासचिव कुमार तिमल्सिना, संगठन सचिव रमेश नेपाल, केन्द्रीय सदस्यहरु लगायत बाग्मती प्रदेश अध्यक्ष मणि बराल, उपत्यका ईकाई अध्यक्ष लक्ष्मण केसी , संघ नारायणीका प्रतिनिधिहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Write your Comment