आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

पौडी खेल्दा खोलामा डुबेर नवलपुरमा शिक्षकको मृत्यु

    प्रकाशित २०८० जेष्ठ २९, सोमबार (१ साल अघि)


नवलपुर । नवलपुरमा खोलामा डुबेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नम्बर १५ प्रगतिनगर घर भएका ३० वर्षका कृष्ण सुबेदीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं. १४ बतासा स्थित अरुणखोलाको मुखेढुंगा पानीको रहमा पौडी खेल्ने क्रममा शिक्षक सुबेदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का प्रहरी निरिक्षक साजन शर्माले जानकारी दिनुभयो ।

मृतक सुबेदी मध्यविन्दु नगरपालिका वडा नम्बर १० मा रहेकाे जनता माध्यमिक विद्यालयका शिक्षक हुन् । अत्याधिक गर्मी भएपछि पौडी खेल्ने भन्दै उनि सहित स्कुलका सातजना शिक्षकहरु खोलामा गएका थिए ।

Write your Comment